फ्रान्सले फिर्ता गर्यो १२८ वर्ष पुरानो माडागास्कर राजाको खोपडी, थप दुई पनि
पेरिस, १२ भदौ । फ्रान्सले मेडागास्करलाई औपनिवेशिक कालका तीन वटा खोपडी फिर्ता गरेको छ । यी मध्ये एउटा खप्पर मालागासी राजा तोराको मानिन्छ। सन् १८९७ मा फ्रान्सेली सैनिकहरूले राजा तोराको टाउको काटेका थिए । त्यति बेला फ्रान्सले यसलाई ट्रफीको रूपमा पेरिस लगेर राष्ट्रिय इतिहास सङ्ग्रहालयमा राखेको थियो। बाँकी दुई वटा खोपडी सकलवा जातिको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
