SHARE
बुटवल टुडे · बिहीबार १२ भौ २०८२ ०१:३४ PM · 1 मिनेट पढाइ

लोकतन्त्र दलाल पुँजीवाद र भ्रष्टहरूले कब्जा गरे : जनार्दन शर्मा

बुटवल । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कम्युनिस्ट पार्टी मात्र होइन, मुलुकको आर्थिक प्रणाली समेत पुनर्संरचना गर्नु अपरिहार्य भएको बताएका छन् । सहिद बेपत्ता स्मृती प्रतिष्ठानले बिहीबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी पुनर्गठनका लागि आवश्यक त्याग गर्नुपर्नेमा जोड दिए ।