SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ १२:२८ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रवार बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची प्रकाशित गरिसकेको छ । जसअनुसार प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्नेछन् ।