SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ १२:५३ AM · 1 मिनेट पढाइ

जग्गा र क्षतिपूर्तिबिना उद्योग सार्न नसकिने उद्योगीको अडान

बुटवल, १३ भदौ । भैरहवा–लुम्बिनी औद्योगिक करिडोरका उद्योगहरूलाई दुई वर्षभित्र स्थानान्तरण गर्न सर्वोच्च अदालतले दिएको आदेशले उद्योगीहरूमा ठूलो अन्योल सिर्जना भएको छ । उद्योगीहरूले क्षतिपूर्तिको ग्यारेन्टीबिना उद्योग सार्न नसक्ने अडान राख्दै आदेश कार्यान्वयन कठिन हुने तर्क गरेका छन् ।