SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ ०२:४३ AM · 1 मिनेट पढाइ

रुबी शाहको नियति कहिलेसम्म ?

रौतहटमा भएको रुबी शाहको हत्या प्रकरणले फेरी पनि नेपाली दिदी बहिनीहरू कति असुरक्षित छन् भन्ने पुष्टि गरेको छ । रुवि हत्याका आरोपी रौतहटको माधव नारायण नगरपालिका–६ बस्ने लक्ष्मण पासवानले हत्या गरेको स्वीकार गरेका छन् । यद्यपि उनी आफैले शरीरमा आगो लगाएपछि उनको समेत बुधबार मृत्यु भैसकेको छ ।