SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ ०४:०५ AM · 1 मिनेट पढाइ

देवदह प्रिमियम लिग हुने

देवदह, १३ भदौ । देवदहमा दोस्रो संस्करणको देवदह प्रिमियम लिग (डिपिएल) असोज १८ गतेदेखि सुरु हुने भएको छ । ‘क्रिकेट युद्ध’ भन्ने नारासहित हुने यो प्रतियोगिता देवदहका युवाबिच बढ्दो लोकप्रियता हासिल गरिरहेको क्रिकेटलाई थप व्यवस्थित र आकर्षक बनाउन डी–युनिटी संस्थाले आयोजना गर्न लागेको हो ।