SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ ०४:२० AM · 1 मिनेट पढाइ

भूमि विधेयक विरुद्ध विरोध प्रदर्शन

भैरहवा, १३ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, रुपन्देहीको आयोजनामा भैरहवामा भूमि विधेयक विरुद्ध वृहत् विरोध प्रदर्शन तथा सभा सम्पन्न भएको छ । भैरहवाको हनुमान मन्दिरबाट सुरु भएको विरोध ¥याली बजारका विभिन्न भाग परिक्रमा गर्दै मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।