SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ ०७:४९ AM · 1 मिनेट पढाइ

सर्वोच्च अदालतको आदेशले उद्योगी–व्यवसायीमा चिन्ता

बुटवल । नेपाल – सर्वोच्च अदालतले लुम्बिनी–भैरहवा कोरिडोरमा रहेका उद्योगहरूलाई दुई वर्षभित्र स्थानान्तरण गर्न दिएको आदेशले यस क्षेत्रका उद्योगी–व्यवसायीमा ठुलो चिन्ता र अनिश्चितता उत्पन्न गराएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशले अदालतको निर्णयको सम्मान गर्दै यसले पारेका बहु आयामिक प्रभावहरूबारे सरकारको ध्यानाकर्षण गराएको छ ।