SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ ०८:५८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको चीन भ्रमणअघि राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाऔँ : रास्वपा

काठमाडौँ, १३ भदौ  । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई दृष्टिगत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाउन माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा रास्वपाका सांसद गणेश पराजुलीले चीन भ्रमणअघि संसदमार्फत स्पष्ट राष्ट्रिय अवधारणा तय गर्न आग्रह गरे ।