SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ ०९:१५ AM · 1 मिनेट पढाइ

राउटे बस्तीमा नयाँ मुखियाको चर्चा

सुर्खेत,१३ भदौ ।  फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय नयाँ मुखिया छान्ने तयारीमा छन् । गएको वैशाखमा राउटे समुदायका मुख्य मुखिया सूर्यनारायण शाहीको मृत्यु भएपछि उनीहरू नयाँ मुखिया छान्ने तयारीमा लागेका हुन् । नयाँ मुखिया छान्नको लागि उनीहरू छलफलमा जुटिसकेका छन् ।