SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ ०९:२६ AM · 1 मिनेट पढाइ

आसामलाई ९६ रनले हराउँदै नेपाल ‘ए’ को शानदार जित

काठमाडौं, १३ भदौ । भारतको गुवाहाटीमा जारी टी–२० सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ले आसाम माथि ९६ रनको सानदार जित निकालेको छ । स्पिनरद्वय युवराज खत्री र बसिर अहमदको प्रभावशाली बलिङ प्रदर्शनको मद्दतले नेपालले एकतर्फी जित दर्ता गर्न सफल भएको हो ।