SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ १०:१२ AM · 1 मिनेट पढाइ

सरकारलाई प्रभु साहको प्रश्न, ‘कवाड व्यवसायी माथिको ज्यादती र डोजर आतङ्क गर्ने माथि कानुन लाग्नुपर्छ कि पर्दैन ?’

काठमाडौँ, १३ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले कवाड व्यवसायीहरू, उखु किसान र शिक्षकहरू एक सातादेखि आन्दोलनरत हुँदा पनि सरकारले कुनै वास्ता नगरेको भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले यी आन्दोलनप्रति सरकारको कुनै गम्भीरता नदेखिएको भन्दै आलोचना गरेका हुन् ।