SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ १०:३७ AM · 1 मिनेट पढाइ

भैरहवाका नापी अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा

बुटवल, १३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवाका प्रमुख तथा नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। यादवसँगै उनकी श्रीमती गायत्री यादव, छोराहरू सुधान्सु यादव र शुभम यादवलाई समेत प्रतिवादी बनाइएको छ। आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।