SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ ११:३४ AM · 1 मिनेट पढाइ

राष्ट्रिय युवा नीति–२०८२ : अब युवाको उमेर १८–३५

नेपाल सरकारले हालै स्वीकृत गरेको राष्ट्रिय युवा नीति–२०८२ अनुसार अब युवाको उमेर सीमा १८ देखि ३५ वर्ष कायम भएको छ । यसअघि लागू रहेको राष्ट्रिय युवा नीति–२०७२ ले युवाको उमेर १६ देखि ४० वर्ष तोकेको थियो । नयाँ नीतिले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको सामाजिक संरचनालाई ध्यानमा राख्दै युवाको परिभाषामा संशोधन गरेको हो ।