SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ ०२:३० PM · 1 मिनेट पढाइ

धातिवाङ्गमा कालिका–मालिका जोड्ने ३६० मिटर लामो झोलुङ्गे पुल बन्ने

अर्घाखाँची, १३ भदाै । अर्घाखाँचीकाे पाणिनि गाउँपालिका वडा नं. ६ धातिवाङ्ग स्थित साविक ८ कालिका मन्दिर देखि साविक ३ मालिका मन्दिरसम्म जाेडने गरी पुल निर्माणकाे प्रक्रिया अगाडि बढेकाे छ । झोलुङ्गे पुल निर्माणका लागि शुक्रबार डिपिआर प्रतिवेदन तयार गर्ने कार्य सम्पन्न भएको वडा अध्यक्ष कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।