SHARE
बुटवल टुडे · शुक्रबार​ १३ भौ २०८२ ०२:३७ PM · 1 मिनेट पढाइ

लुम्बिनीमा प्रेसिडेन्ट ग्रुपको नयाँ आउटलेट सञ्चालनमा

बुटवल, १३ भदौ । पर्यटकीय गन्तव्यको रुपमा स्थापित लुम्बिनी क्षेत्रमा प्रेसिडेन्ट ग्रुपले आफ्नो नयाँ शाखा ‘प्रेसिडेन्ट होटल’ संचालनमा ल्याउन लागेको छ। शनिबारदेखि औपचारिक रुपमा सेवा शुभारम्भ गर्न लागिएको यो होटल, काठमाडौंका विभिन्न स्थानमा सञ्चालन भइरहेका १५ वटा शाखापछि १६औँ शाखाको रुपमा लुम्बिनीमा विस्तार गरिएको हो। यसअघि चितवनमा पनि सेवा विस्तार गरेको छ ।