SHARE
बुटवल टुडे · शनिबार १४ भौ २०८२ ०१:०४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली आज चीन प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाँदै छन् ।  तियानजिनमा हुने सांघाई सहयोग संगठनको (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज  बिहान ७ बजे उनी चीन जान लागेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने टुंगो लागेको छ ।