SHARE
बुटवल टुडे · शनिबार १४ भौ २०८२ ०१:५३ AM · 1 मिनेट पढाइ

बदलिएको ‘बर्दिया’

बर्दिया, १४ भदौ । कृष्णसार बर्दियाले पाएको उपहार हो । चुरे पर्वतदेखि तराईका फाँटसम्म फैलिएको बर्दिया जङ्गलकै कारण हरियाली छ । जङ्गलको बिचमा ठुला–ठुला घाँसे मैदान छन् । घाँसे मैदानलाई छोएर बगेको छ कर्णालीको नदी जहाँ विश्वका दुर्लभ पाटे बाघ, हात्ती, एक सीँगे गैँडा, लगायतका वन्यजन्तु बसोबास गर्दै आएका छन् ।