SHARE
बुटवल टुडे · शनिबार १४ भौ २०८२ ०२:३९ AM · 1 मिनेट पढाइ

पैसा कमाउने रहर

म पनि अहिले बीस बर्षको लोर्के ठिटो हुन्थे भने सायद नेपालमा वस्दैनथे होला । नेपाललाई बस्न र कर्म गर्न लायक देशको रूपमा विश्वसामु परिचित गराउन कसैले सकेनन् । यहि नै देश र जन्ताको लागि ठूलो बिडम्बना भयो । मलाई लाग्छ, एक दशकको अन्तरमा मैले अध्यापन गरेको स्कुलबाट मात्रै तीन दर्जन बिद्याथीहरू युरोप, अमेरिका र अष्टे«लियामा पाइला टेकिसकेका छन् ।