SHARE
बुटवल टुडे · शनिबार १४ भौ २०८२ १०:४३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेट

बुटवल, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ। प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबीच चीनको तियानजिन अतिथि गृहमा भेट भएको हो। सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन ओली आजै त्यहाँ पुगेका हुन्।