SHARE
बुटवल टुडे · शनिबार १४ भौ २०८२ १२:३३ PM · 1 मिनेट पढाइ

चिनियाँ राष्ट्रपति सीसँगको भेटमा ओलीले उठाए लिपुलेकको कुरा

बुटवल, १४ भदौ । चीनका राष्ट्रपति सी चीनफिडसँगको द्विपक्षीय भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकबारे कुरा गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटमा सँगै रहेका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा ओलीले स्पष्टरुपमा आपत्ति जनाएका हुन्।