SHARE
बुटवल टुडे · शनिबार १४ भौ २०८२ ०१:३७ PM · 1 मिनेट पढाइ

१ वर्षपछि विदेशबाट फर्किएका वडा अध्यक्ष गुरुङ पुन जिम्मेवारी समाल्दै

लमही ,१४ भदौ। दाङको राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ विदेशबाट फर्किएका छन् । बहाल भएकै अवस्थामा रोजगारीका लागि बेलायत गएका अध्यक्ष गुरुङ एक वर्षपछि फर्किएका हुन् । उनी अघिल्लो वर्ष साउन २० मा विदेश गएका थिए। ‘म एक हप्ताअघि मात्रै दाङ आए’,उनले भने ‘वडाध्यक्षको जिम्मेवारी सम्हालेको दुई/तीन दिन भयो ।