SHARE
बुटवल टुडे · आइबार​ ८ भौ २०८२ ११:२० PM · 1 मिनेट पढाइ

पहिरोको डरले निदाउँदैनन् फुलिवनबासी

रोल्पा, ८ भदौ । जिल्लाको सुनछहरी गाउँपालिका–१ सेरमको फुलिवन पहिरोका कारण यहाँका वासिन्दाहरूले सास्ती भोग्ने गरेका छन् । बर्षातको समयमा लामो समयसम्म पर्ने झरीले यहाँका स्थानीयहरूलाई न राम्रोसँग सुत्न दिन्छ न त आवतजावत गर्न नै । पहिरोका कारण झंकी गाउँ उच्च जोखिममा रहेको छ । पहिरोले सुलिचौर–थवाङ सडक समेत समय समयमा प्रभावित हुने गरेको छ ।