SHARE
बुटवल टुडे · आइबार​ ८ भौ २०८२ ११:३० PM · 1 मिनेट पढाइ

मृगौला पीडितलाई डायलासिसको पीडा

बुटवल, ८ भदौ । प्युठानका बल बहादुर रजाली विगत पाँच वर्षदेखि श्रीमती पूर्णकला रजालीको उपचारमा खटिएका छन् । श्रीमतीलाई मृगौलाको समस्या देखिएसँगै उनी बुटवल झरे । उपचार शुरु गरे । दुबै मृगौला खराब भएको थाहा लाग्यो । बिकल्प देखियो डायलासिस । लुम्बिनी प्रादेशिक अस्पतालमा डाइलासिस गराउनुपर्ने हुँदा उनले इट्टाभट्टीमा कोठा लिए । उपचारमै उनको पाँच वर्ष बितिसक्यो ।