SHARE
बुटवल टुडे · सोमबार ९ भौ २०८२ १२:४४ AM · 1 मिनेट पढाइ

‘इश्वरीय विश्वविद्यालयको महाअभियान’

ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयले विगतदेखि नै नेपालको सामाजिक सांस्कृतिक क्षेत्रमा ठूलो योगदान गर्दै आएको छ । पछिल्लोसमय उसको योगदान त्यसभन्दा माथि उठेर महा अभियानसम्म पुगेको छ । ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयलले नेपालको आध्यात्मिक क्षेत्रमा पु¥याएको योगदान कहिल्यै विर्सन नसकिने छ । पछिल्लोसमय उसको भूमिका रगत नपाएर मृत्युको मुखमा पुग्नुपर्ने विरामी बचाउने अभियानमा जोडिएको छ ।