SHARE
बुटवल टुडे · सोमबार ९ भौ २०८२ ०१:४२ AM · 1 मिनेट पढाइ

कांग्रेस पदाधिकारी बैठक बस्दै : राज्य व्यवस्था समिति सभापति र उपसभामुखबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले सोमबार बिहान बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिए ।