बदर्घाटका ११२ भूमिहीनलाई जग्गाको निस्सा वितरण
बर्दघाट, ९ भदौ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ स्थित सुखौरामा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गाको निस्सा वितरण गरिएको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठ, उपप्रमुख रुद्रप्रकाश उपाध्याय तथा वडा नम्बर २ का अध्यक्ष गणेश क्षेत्रीले संयुक्त रूपमा १ सय १२ जनालाई जग्गाको निस्सा वितरण गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
