SHARE
बुटवल टुडे · सोमबार ९ भौ २०८२ ०७:०२ AM · 1 मिनेट पढाइ

१५ हजार मतान्तरको दाबी गर्दै मधु अर्यालः रुपन्देही–३ मा कस्तो छ रास्वपाको तयारी ?

बुटवल । रुपन्देही क्षेत्र नं–३ अहिले चुनावी चर्चामा तातिएको छ । यस क्षेत्रलाई घण्टीमय बनाउँदै अगाडि बढेका व्यक्ति हुन् — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय सभापति मधु प्रसाद अर्याल । उनले आफूलाई “क्षेत्रले खोजेको उम्मेदवार”का रूपमा प्रस्तुत गरेका छन् । अर्यालको राजनैतिक यात्रा रास्वपाको स्थापनाकालसँगै सुरु हुन्छ ।