SHARE
बुटवल टुडे · सोमबार ९ भौ २०८२ ०९:०१ AM · 1 मिनेट पढाइ

रुपन्देही अदालतले रिहा नगरेपछि उच्च अदालतमा दिए रवि लामिछानेले निवेदन

बुटवल, ९ भदौ । सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा निवेदन दिएका छन्। आफ्नो भागको बिगो रक़म दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले सोमबार उच्च अदालतमा निवेदन दिएका हुन्। उनको निवेदनमा आगामी बुधबार (११ भदौ) मा पेसी तोकिएको छ।