SHARE
बुटवल टुडे · मङगलबार १० भौ २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

हरितालिका तीजको धार्मिक र सांस्कृतिक महत्व

‘कहाँमा जान्छौ रानी चरी बगाल बरिलै भगवानलाई भेटन’ भन्ने तीजका गितहरू अहिले समय अनुसार परिस्कृत हुँदै गएका छन् । ‘कहाँमा जान्छौ महिलाका बगाल बरीलै अधिकार खोजन’ भनेर बर्तमान अवस्थाका महिलाले गाउँने गर्दछन् । लय र भाका एउटै भएपनि शब्दमा परिवर्तन आएकोले तीज पर्वलाई धार्मिक, साँस्कृतिक महत्वसंगै महिला सशक्तिकरणको प्रतिकका रूपमा पनि लिने गरेको पाईन्छ ।