SHARE
बुटवल टुडे · मङगलबार १० भौ २०८२ १२:१८ AM · 1 मिनेट पढाइ

प्रजिअको नेतृत्वमा गुल्मीमा सडक अनुगमन

गुल्मी, ९ भदौ । निर्माण व्यवसायिद्वारा सडक निर्माणको काममा ढिलासुस्ती भएको भन्दै मदनभण्डारी राजमार्ग अन्तर्गत सिमलटारी–सौतामारे–मच्छी सडकखण्डमा संयुक्त अनुगमन गरिएको छ । गुल्मीको सिमलटारीदेखि सौतामारे हुँदै प्यूठानको मच्छीसम्म ३१ कलोमिटर सडक निर्माणको जिम्मा श्रेष्ठ सक्षम जेभीले लिएको छ । २०७९ कार्तिक ५ गते एक अर्ब ४५ करोड ३३ हजार लागतमा ३१ किलोमिटर सडक निर्माणको सम्झौता गरिएको थियो ।