SHARE
बुटवल टुडे · मङगलबार १० भौ २०८२ १२:५० AM · 1 मिनेट पढाइ

नेपालगञ्जमा हिन्दु–मुस्लिम महिलाले सँगै मनाए तिज

नेपालगञ्ज, १० भदौ । नेपालगञ्ज—जहाँ सडकको दुवै छेउँ मुस्लिम र हिन्दु घरहरू एकैपटक देखिन्छन्, जहाँ बिहान नमाजको अजान र पूजाको घण्टीको धुनसँगै सुनिन्छ । यही शहरले फेरि एक पटक धर्म फरक भए पनि चाडपर्व साझा खुसी बन्छ भन्ने उदाहरण देखाएको छ । यसपालिको तिज पर्व नेपालगञ्जमा केही फरक रह्यो ।