राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरी न्यौपाने सर्वसम्मत
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत निर्वाचित भएकी छन्। आज मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको तालिका थियो। उक्त समयभित्र उनीबाहेक अरु कसैको पनि मनोनयन नपरेपछि उनी सर्वसम्मत निर्वाचित भएकी हुन्। उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी नै छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
