SHARE
बुटवल टुडे · बुधबार ११ भौ २०८२ ०१:०३ AM · 1 मिनेट पढाइ

आज दिउँसो र राति यी प्रदेशमा ‘भारी वर्षा’ हुने सम्भावना

काठमाडौँ । आज (भदौ ११, बुधबार) दिउँसो र रातिको सम्भावित मौसमबारे मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।