SHARE
बुटवल टुडे · बुधबार ११ भौ २०८२ ०४:४६ AM · 1 मिनेट पढाइ

माओवादीको लोकप्रियताले प्रतिक्रियावादी आतंकित छन्- प्रचण्ड

काठमाडौं, ११ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कर्णाली प्रदेशका नेता–कार्यकर्तालाई गुट–उपगुटमा नलागी पार्टी एकता र संगठन विस्तारमा समर्पित हुन निर्देशन दिएका छन् । बुधबार भर्चुअल माध्यमबाट आयोजित कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रति जनआस्था पुनः बृद्धि भइरहेको बताए ।