SHARE
बुटवल टुडे · बुधबार ११ भौ २०८२ ०५:५० AM · 1 मिनेट पढाइ

रविको रिहाइ निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ

काठमाडौँ, ११ भदौ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दिएको रिहाइ निवेदनमाथि आज सुनुवाइ हुँदैछ । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीश सागर विष्टको इजलासमा पेशी तोकिएको उक्त निवेदन लामिछानेले रुपन्देही जिल्ला अदालतबाट रिहा नपाएपछि यही भदौ ९ गते उच्च अदालतमा दर्ता गराएका हुन् ।