SHARE
बुटवल टुडे · बुधबार ११ भौ २०८२ ०६:५६ AM · 1 मिनेट पढाइ

इस्लामिक सहयोग संगठनले भन्यो, ‘राष्ट्र संघले इजरायलको सदस्यता खारेज गर्नुपर्छ’

काठमाडौँ, ११ साउन । इस्लामिक सहयोग संगठन (ओआईसी) का विदेशमन्त्रीहरुको बैठक साउदी अरेबियाको जेद्दाहमा भएको छ । ओआईसीका ५७ सदस्य राष्ट्रले संयुक्त राष्ट्रसंघमा इजरायलको सदस्यता खारेज गर्न माग गरेका छन् । यी देशहरूले इजरायलले सदस्यताका शर्तहरू उल्लङ्घन गरिरहेको बताएका छन् ।