SHARE
बुटवल टुडे · बुधबार ११ भौ २०८२ ०७:१३ AM · 1 मिनेट पढाइ

ओलीविरुद्धको रिटमा सुनुवाइ सकियो, तीन कागजात झिकाउन इजलासको आदेश

काठमान्डौ, ११ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कामचलाउ घोषणा गर्न माग गर्दै दायर रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ सकिएको छ । न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले सुनुवाइपछि सम्बन्धित पक्षसँग तीनवटा कागजात झिकाउन आदेश दिएको छ ।