SHARE
बुटवल टुडे · बुधबार ११ भौ २०८२ ०७:४१ AM · 1 मिनेट पढाइ

रविको निवेदनमाथि सुनुवाइ सम्पन्न, आदेश केहीबेरमै

काठमाडौँ, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का सभापति रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सुनुवाइ सकिएको छ । न्यायाधीश सागर विष्टको इजलासमा लामिछानेद्वारा दायर निवेदनमाथि आज सुनुवाइ गरिएको हो । सभापति लामिछानेले सहकारी ठगी प्रकरणमा आफूले बिगो बुझाएको जनाउँदै रिहाइको मागसहित उच्च अदालतमा निवेदन दिएका थिए ।