SHARE
बुटवल टुडे · बिहीबार ५ भौ २०८२ ११:५४ PM · 1 मिनेट पढाइ

टप एण्ड टि- २० सिरिज: अन्तिम खेल पाकिस्तानको साहिन्सविरुद्ध खेल्दै नेपाल

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पाकिस्तानको साहिन्सविरुद्ध खेल्दैछ। डार्विनस्थित मरारा क्रिकेट मैदान टु मा हुने खेल शुक्रबार दिउँसो ३ बजेपछि सुरु हुनेछ। सिरिजका सुरुवाती तीन खेलमा लगातार हार व्यहोरेको नेपाली टोलीले पछिल्ला दुई खेलमा भने जित निकालेको छ।