SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ०२:५८ AM · 1 मिनेट पढाइ

युद्धले निम्त्याउँदै छ विनास, समाधानको पहल होस्

वास्तवमा यतिवेला विश्व अशान्त छ । कतिपय मुलुकमा एक अर्काका बीचमा द्वन्द्व चलेको छ भने कतिपय मुलुकमा आन्तरिक किचलोले छोडेको छैन । एकातर्फ दुईवटा मुलुकका बीचमा तनावको अवस्था छ भने अर्कोतर्फ एउटै मुलुक भित्र पनि राजनीतिक टक्करका कारणले अशान्त छ । दुई देशका बीचमा भएको टक्करले ठूलो धनजनको क्षती भइरहेको छ ।