SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ०३:१३ AM · 1 मिनेट पढाइ

मादलमा भविष्य खोज्दै युवा

गुल्मी, ०६ भदौ । मादल नेपाली कला संस्कृति र परम्परा बोकेको एउटा वाद्यवादनको सामग्री हो । विभिन्न उत्सव र चाडपर्वहरूमा मादलको धेरै महत्त्व हुने गर्दछ । मादलले हाम्रो कला र संस्कृतिको संरक्षणमा पनि ठुलो टेवा पुराउँदै आएको छ । तर पछिल्लो समयमा जिल्लामा मादल बनाउने पेसा भने बिस्तारै हराउँदै जान थालेको छ ।