SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ०३:३९ AM · 1 मिनेट पढाइ

पाल्ही बहुमखी क्याम्पसमा विद्यार्थी बढ्दै 

नवलपरासी, ०६ भदौ । जिल्ला सदरमुकाम परासीस्थित पाल्ही बहुमुखी क्याम्पसमा अहिले विद्यार्थी आकर्षण बढ्दै गएको क्याम्पसले जनाएको छ । जिल्लाकै पुरानो क्याम्पसमा विद्यार्थी आकर्षण बढ्न थालेपछि केही स्वार्थ समूहले क्याम्पसबारे गलत टीकाटिप्पणी गर्दै आएकोबारे कुरा खण्डन गर्दै बिहीबार क्याम्पसले पत्रकार सम्मेलन गरी क्याम्पसको अवस्था जानकारी गराएको हो ।