SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ०५:१५ AM · 1 मिनेट पढाइ

पाकिस्तानमा बाढी र वर्षाले गयो ७०६ को ज्यान

काठमान्डौ, ६ भदौ । यस बर्षको मनसुनमा पाकिस्तानमा वर्षा र बाढीका कारण ७०६ जनाको ज्यान गएको छ । इस्लामाबादको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार  घाइतेको संख्या ९ सय ६५ पुगेको छ । एनडीएमएका अनुसार वर्षा र बाढीको सबैभन्दा बढी असर खैबर पख्तुनख्वा प्रान्तमा देखिएको छ ।