SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ०७:४८ AM · 1 मिनेट पढाइ

इमरान खानले पाए ८ वटा मुद्दामा सफाइ

इस्लामबाद, ६ भदौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पीटीआईका संस्थापक इमरान खानलाई मे ९ को दङ्गासँग सम्बन्धित ८ वटा मुद्दामा सर्वोच्च अदालतले जमानत दिएको छ । प्रधानन्यायाधीश याह्या अफ्रिदीको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले यो निर्णय गरेको हो । यसअघि लाहोर उच्च अदालतले जुनमा इमरानको जमानत याचिका खारेज गरेको थियो।