SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ०९:१८ AM · 1 मिनेट पढाइ

सङ्घीयता कार्यान्वयनमा चुनौतीको विश्लेषण गर्ने समय आएको छ- सभामुख घिमिरे

काठमान्डौ, ६ भदौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनमा देखिएका चूनौतिको विश्लेषण गर्ने समय आएको बताएका छन । शुक्रबार ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले नेपालको सङ्घीयता अभ्यासले एक दशकको यात्रा पूरा गर्न लाग्दा यसका सबल पक्ष, चुनौती, सम्भावना र सुधारका क्षेत्रहरूलाई गहिरोसँग विश्लेषण गर्नुपर्ने बेला आएको बताए ।