SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ०९:२४ AM · 1 मिनेट पढाइ

थाइल्याण्डका पूर्व प्रधानमन्त्री माथि दायर राजद्रोह मुद्दा अदालतले खारेज गर्‍यो

काठमाडौँ । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा माथि राजद्रोहसम्बन्धी मुद्दा अदालतले खारेज गरेको छ । सिनावात्रामाथि लगभग १० वर्षअघि दक्षिण कोरियाली समाचारपत्रलाई दिएको अन्तर्वार्तामा राजतन्त्रको अपमान गरेको आरोप लागेको थियो, जसका कारण दोषी ठहर भए १५ वर्षसम्मको जेल सजाय हुन सक्ने खतरा थियो ।