SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ११:४१ AM · 1 मिनेट पढाइ

४ दिने रक्तदान महाअभियान शुरु, पहिलो दिन उत्साहजनक सहभागिता

बुटवल, ६ भदौ । विश्व बन्धुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणीको १८ औ स्मृति दिवस २५ अगस्तको अवसरमा बह्मकुमारी ईश्वरीय विश्वविद्यालयको समाज सेवा प्रभागको आयोजनामा बृहत् रक्तदान महाअभियान २०८२ शुरु भएको छ । नेपाल, भारतसहित एशियाका देशहरुमा आयोजना हुने कार्यक्रमबाट १ लाख पिन्ट रगत संकलन हुने लक्ष्य संस्थाको रहेको छ ।