SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ०२:३८ PM · 1 मिनेट पढाइ

निर्माण व्यवसायीहरूबिच अन्तरप्रदेशीय व्यावसायिक छलफल

बुटवल, ६ भदौ । विभिन्न प्रदेशका निर्माण व्यवसायीबीच आपसी सहकार्य, व्यवसायिक हकहितको संरक्षण र सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ रुपन्देहीमा अन्तरप्रदेशीय व्यवसायिक छलफल सम्पन्न भएको छ। शुक्रवार मोरङ, सुनसरी र कोशी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष तथा पदाधिकारीहरूको टोली रुपन्देही आइपुगेको थियो।