SHARE
बुटवल टुडे · शुक्रबार​ ६ भौ २०८२ ०३:३१ PM · 1 मिनेट पढाइ

चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा तीज मिलन

बुटवल । चिदिका–रुपन्देही सम्पर्क समाजले यस वर्ष पनि उत्साहपूर्वक तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । परम्परागत र आधुनिक दुवै शैलीका गीत–नृत्यले सजिएको कार्यक्रममा सहभागी महिलाहरू रातो–हरियो पोशाक र श्रृङ्गारमा झल्किँदै तीजको उल्लास बाँडेका थिए । कार्यक्रमको शुभारम्भ बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले गरेकी थिइन् ।